Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

राष्ट्रिय सभा उपनिर्वाचन : मतदान अन्तिम चरणमा, नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

न्युज कारोबार दाङ जेठ १७, २०७८       

राष्ट्रिय सभा उपनिर्वाचन : मतदान अन्तिम चरणमा, नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने मतदान गर्दै मुख्यमन्त्री शंकर पोखरेल ।

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान अन्तिम चरणमा पुगेकाे छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा जारी मतदान  दिउँसो ३ बजेसम्म रहनेछ । हालसम्म अधिकांश प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गरिसकेका छन् ।

निर्धारित समय बिहान ९ बजेदेखि सुरू मतदानमा मुख्यमन्त्री शंकर पोखरेलले सबैभन्दा पहिला मतदान गरेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका थिए । निर्वाचन आयोगले मतदान स्थलमा भर्चुअल माध्यमबाट पनि हेर्न सकिने व्यवस्था मिलाएको छ । आयोगले मतपरिणाम पनि भर्चुअल माध्यमबाट नै सार्वजनिक गर्ने भएको छ । कोरोनाको समयमा भीडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले बताए ।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन् ।

सम्बन्धित खबरहरु