Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

आजबाट गण्डकी प्रदेशको बजेट अधिवेशन

न्युज कारोबार काठमाडौं जेठ १६, २०७८       

आजबाट गण्डकी प्रदेशको बजेट अधिवेशन

गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुँदैछ । दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक नियम छ । यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । गण्डकीमा मुख्यमन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा एमालेको ओली निकट गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको मितिले ३० दिनभित्र उनले विश्वासको मत लिन नसके प्रदेशसभा मध्यावधि निर्वाचनतिर धकेलिने सम्भावना छ । प्रदेशसभामा ३ सदस्य भएको राष्ट्रिय जनमोर्चा निर्णायक बन्नेछ ।

सम्बन्धित खबरहरु