Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

सुदूरपश्चिम सरकारका नवनियुक्त मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

न्युज कारोबार धनगढी जेठ १५, २०७८       

सुदूरपश्चिम सरकारका नवनियुक्त मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिए ।

यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको रावलले जानकारी दिए । रावलका अनुसार प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

यसअघि सरकारबाट फिर्ता नभएको र स्थायी कमिटीको निर्णयविपरीत निर्णय गरेको भन्दै प्रदेश कमिटीले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गर्दै केन्द्रीय कमिटीलाई पठाइसकेको छ ।

सम्बन्धित खबरहरु