nmb bank

गृहपृष्ठ कर्णालीमा घट्यो कोरोना मृत्युदर

कर्णालीमा घट्यो कोरोना मृत्युदर

कर्णालीमा घट्यो कोरोना मृत्युदर

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण हुने दैनिक मृत्युदर घटेको छ । जेठ महिनाको दोस्रो सातायता मृत्युदर घटेको हो । कर्णालीमा हालसम्म कोरोना भाइरसको संक्रमणका कारण २०७ जनाको मृत्यु भइसकेको छ ।

भाइरसको दोस्रो लहर फैलिएसँगै कर्णालीमा भाइरसका कारण मृत्यु हुनेहरुको संख्या अत्याधिक बढेको थियो । दैनिक १० देखि १२ जनासम्म हुने गरेको मृत्युदर घटेर एक जनासम्म पुगेको छ । शुक्रबार कर्णाली प्रदेशभर कोरोना भाइरसको संक्रमणका कारण एक जनाको ज्यान गएको छ । यस्तै बिहीबार पाँच जनाले ज्यान गुमाएका थिए भने बुधबार चार जनाले भाइरसको संक्रमणका कारण ज्यान गुमाएका थिए ।

प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकल पर्सन डा. सञ्जिब भण्डारीका अनुसार पछिल्लो समय भाइरस संक्रमणका नयाँ बिरामीसमेत अस्पतालमा कम आउने गरेका छन् । ‘अझै पनि जोखिम टरेको छैन,’ उनले भने, ‘तर कर्णालीले बिस्तारै कोरोना जित्दैछ ।’ यस्तै शुक्रबार ५६१ जना कोरोना भाइरस संक्रमणमुक्र भएका छन् । योसँगै कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेहरुको संख्या १५ हजार १७० पुगेको छ । 

शुक्रबार २७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रदेशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ९०५ पुगेको छ । कर्णाली प्रदेशमा अक्सिजन अभावका कारण अस्पतालमा नागरिकहरुको ज्यान जाने गरे पनि पछिल्लो समय यो दर घटेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित समय : ००:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु