Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

शुक्रबार ६ हजार ८५५ संक्रमित थपिए, ९ हजार ८४१ डिस्चार्ज

न्युज कारोबार काठमाडौं जेठ १४, २०७८       

शुक्रबार ६ हजार ८५५ संक्रमित थपिए, ९ हजार ८४१ डिस्चार्ज

पछिल्लो २४ घण्टामा १९ हजार ३१३ जनामा पीसीआर गर्दा ६ हजार ८५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ७९७ जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको छ ।

शुक्रबार पीसीआर र एन्टिजेन गरी देशभर ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । आज थप ९ हजार ८४१ संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । बुधबारयता संक्रमण भन्दा निको हुनेको संख्या बढी भइरहेको छ । बिहीबार ७ हजार २२६ जना डिस्चार्ज भएका थिए भने बुधबार ६ हजार ७१६ जना डिस्चार्ज भएका थिए । हाल देशभर निको हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ ।

नेपालमा केही दिनयता मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । मन्त्रालयका अनुसार आज थप ९६ जनाको निधन भएको छ । यससँगै देशभर ७ हजार ४७ जनाले ज्यान गुमाएका छन् । बिहीबार १०६ जनाले ज्यान गुमाएका थिए भने बुधबार १४५ जनाको मृत्यु भएको थियो ।

शुक्रबार सक्रिय संक्रिमतको संख्या पनि बिहीबार भन्दा घटेको छ । बिहीबार १ लाख १६ हजार ४७६ पुगेको सक्रिय संक्रमित शुक्रबार १ लाख १३ हजार ३९४ रहेको मन्त्रालयले जनाएको छ । 

सम्बन्धित खबरहरु