Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

नेशनल लाइफ इन्स्योरेन्सद्वारा २५ लाख रुपैयाँको बिमा दावी भुक्तानी

न्युज कारोबार काठमाडौं जेठ १३, २०७८       

नेशनल लाइफ इन्स्योरेन्सद्वारा २५ लाख रुपैयाँको बिमा दावी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लहान शाखाबाट २५ लाख रुपैयाँको घातक रोगदावी भुक्तानी गरेको छ । बिहीबार सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारका भतिज गोविन्द अग्रवाललाई घातक रोग दावी रकम २५ लाख बिमांक रकमवापत भुक्तानी गरीएको हो ।

शकुन्तलाले २०७६ साल असोज २७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन् । बिमितको भतित गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् । दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह, सिनियर एजेन्सी मेनेजर मोहन झा र पोद्दारको स-परिवारको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु