Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

रिलायबल नेपाल लाइफले आईपीओ निष्काशन गर्ने

न्युज कारोबार काठमाडौं जेठ १२, २०७८       

रिलायबल नेपाल लाइफले आईपीओ निष्काशन गर्ने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा असार ४ गते दिनको १ बजे भर्चुअल माध्यमबाट गर्ने तय भएकाे कम्पनीले जनाएकाे छ ।

सभामा सर्वसाधारणलाई छुट्टाएको सेयर जारी गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने तयारी गरेकाे छ । हाल कम्पनीसँग १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी छ । सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

सभाले सञ्चालक नियुक्तिको अनुमोदन गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने र लेखा परीक्षकको प्रतिवेदनसहित नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरु समेत परित गर्ने बताइएकाे छ ।

सम्बन्धित खबरहरु