Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न

न्युज कारोबार काठमाडौं जेठ ११, २०७८       

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए ।

कम्पनीको २६औं वार्षिक साधारण सभाले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश पारित गरेको छ । यसका साथै अन्य सामान्य तथा विशेष प्रस्तावसमेत सर्वसम्मत पारित गरेको छ ।

सम्बन्धित खबरहरु