Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

कोभिड संकट व्यवस्थापन महाअभियानमा ९ लाख संकलन

न्युज कारोबार तनहुँ जेठ ८, २०७८       

कोभिड संकट व्यवस्थापन महाअभियानमा ९ लाख संकलन फाइल तस्बिर

तनहुँ उद्योग वाणिज्य संघको सक्रियतामा स्थापना गरिएको कोभिड संकट व्यवस्थापन महाअभियान कोषमा ८ लाख ९८ हजार ७२७ संकलन भएको छ । कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि सङ्घले स्वास्थ्य सामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो । यसअघि ८ लाख ४२ हजार ७३७ संकलन भएकोमा शुक्रबार मात्रै ५५ हजार नौ सय ९० थपिएको संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए । संघले थालेको अभियानमा व्यापारी, विभिन्न संस्था, देश विदेशमा रहनुभएका नेपालीले खुलेर सहयोग गरेका कारण काम गर्न हौसला मिलेको अध्यक्ष श्रेष्ठले बताए ।

पूर्वमन्त्री भण्डारीद्वारा आर्थिक सहयोग 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले स्वास्थ्य सामाग्री खरिदका लागि एक लाख एक हजार एघार रुपैयाँ सहयोग गरेका छन् । नेता भण्डारीले पठाएको उक्त रकम कांग्रेस व्यासनगर कार्य समितिका सहसचिव डम्बर अधिकारीले शुक्रबार जिल्ला सचिव विश्व बास्तोला र सहसचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । उक्त रकमबाट स्वास्थ्य सामाग्री खरिद गरी जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन कक्षहरुमा सामाग्री हस्तान्तरण गर्न पूर्वमन्त्री भण्डारीले आग्रह गरेका छन् ।

त्यसैगरी सांसद कृष्णकुमार श्रेष्ठ किसानले जिल्लाको बन्दिपुर स्थित बन्दिपुर अस्पताल, भानु स्थित पुरनडिही अस्पताल, दमौली स्थित दमौली अस्पताल र शुक्लागण्डकी स्थित जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खबरहरु