Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

बगरफाँटमा हेल्थ डेस्क, गाउँमा स्वास्थ्य सामाग्री वितरण

न्युज कारोबार काठमाडौं जेठ ८, २०७८       

बगरफाँटमा हेल्थ डेस्क, गाउँमा स्वास्थ्य सामाग्री वितरण फाइल तस्बिर

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका युवाको पहलमा कोरोना संक्रमितको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ । कोटखोलास्थित खोप केन्द्र भवनमा जेठ १ देखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९ संक्रमितले सेवा पाउनुका साथै संक्रमणबाट बच्न गाउँका प्रत्येक घरमा मास्क र हातधुने सामान लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

उक्त हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुद्धारा प्राप्त सहयोग रकमबाट औषधि र स्वास्थ्य सुरक्षाका सामाग्रीहरु किनेर गाउँमा वितरण गर्ने गरेको युवा समूहका अगुवा नारायण थापाले बताए । संक्रमणबाट बच्न सचेतना अभियान चलाउनुका साथै अप्ठ्यारो अवस्था महशुस भएमा स्वास्थ्य संस्थासम्म लैजान गाडीको समेत व्यवस्था गरेको छ ।

बगरफाँट सदरमुकाम बेनीबजारसँग जोडिएको गाउँ भएको र यहाँ बढी आवतजावत हुने भएकाले संक्रमणको खतरा अरु ठाउँमा भन्दा धेरैनै छ । अहिले यहाँ १९ जना कोरोनाबाट संक्रमित छन् । कतिपयले कोराना जितेर सहज अवस्थामा फर्किएका छन् । बगरफाँटमा कोरोना संक्रमित प्हिचान भएपछि हेल्थ डेस्क चलाउन पोखरा, काठमाडौंलगायत विदेशमा रहेका बगरफाँटवासीले स्थानीय युवाहरुलाई हेल्थ डेस्क स्थापनाका लागि पहल गर्न आग्रह गरेका थिए । देशका विभिन्न सहरमा रहेका ज्यामरुककोटवासी र विदेशमा रहेका बगरफाँटका अग्रज युवाहरुबाट आर्थिक सहयोग प्राप्त भैरहेको छ ।

सम्बन्धित खबरहरु