Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

हत्यामा संलग्न रहेको अभियोगमा श्रीमानसहित ४ जना पक्राउ

न्युज कारोबार विराटनगर जेठ ५, २०७८       

हत्यामा संलग्न रहेको अभियोगमा श्रीमानसहित ४ जना पक्राउ

रंगेली नगरपालिका- ३ बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा उनकै श्रीमान २४ वर्षीय बेचन यादवसहित ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिकास्थित तिलुवा चोकको नहरमा धारिलो हतियारले घाँटी रेटी हत्या भएको अवस्थामा अनिताको शव फेला परेपश्चात इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबरहरु