Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

संक्रमितको उपचारमा खटिएका डा. चौधरीको निधन

न्युज कारोबार लहान जेठ ५, २०७८       

संक्रमितको उपचारमा खटिएका डा. चौधरीको निधन

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि होम आइसोलेसनमा बसेका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको निधन भएको छ ।

वैशाख २५ गतेदेखि होम आइसोलेसनमा बसेका चौधरीको सोमबार साँझ एक्कासी सास फेर्न गाह्रो भएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याउँदा उनको निधन भएको जनाएको छ ।

लहान नगरपालिकाका अनुसार डा. चौधरीको निधनपछि एन्टिजेन परीक्षण गरिएको थियो । रिपोर्ट भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । चीनमा एमबीबीएस पढेका डा. चौधरी लहान नगरपालिका–१५ ढोढनाका स्थायी बासिन्दा हुन् ।

सम्बन्धित खबरहरु