Nepalese Flag २०७८ साउन १५ गते शुक्रबार   |   July 30, 2021

कोरोनाबाट अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको मृत्यु

न्युज कारोबार काठमाडौं जेठ ३, २०७८       

कोरोनाबाट अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको मृत्यु

झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणबाट निधन भएको  छ । ५१ वर्षीय खाम्याहाङको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा सोमबार साढे २ बजे निधन भएको उनका भाञ्जा भरत याक्खाले पुष्टि गरे ।

किरात याक्खा छुम्माका केन्द्रीय सचिवसमेत रहेका याक्खाका अनुसार काठमाडौंबाट फर्किएका उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी केही दिन आफ्नै क्वार्टरमा र दुई दिन नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा बसेका थिए । आइसोलेसनमा बसेकै बेलामा उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।

संखुवासभाकाे धर्मदेवी नगरपालिका- ४, माम्लिङ स्थायी घर भएका खाम्याहाङ उपसचिव हुन् । निडर र पारदर्शिताका पक्षपाती खाम्याहाङले यसअघि धनकुटा, इलाम, मेचीनगर लगायतका नगरपालिकामा काम गर्दा पनि स्वच्छ छवि भएका प्रशासकका रूपमा पहिचान बनाएका थिए ।

सम्बन्धित खबरहरु