Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो

न्युज कारोबार काठमाडौं जेठ २, २०७८       

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा हवाई इन्धन (आन्तरिक उडान)को मूल्य बढाएको छ । निगमले जेठ २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धन (आन्तरिक उडान)को मूल्य लिटरमा २ रुपैयाँका दरले बढाएको हो ।

लिटरमा २ रुपैयाँले बढेसँगै पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल तथा मट्टितेलवको मूल्य प्रतिलिटर १०६ रुपैयाँ र हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर ७८ रुपैयाँ पुगेको छ । निगमले भने मूल्य बढाएपछि पनि आफूलाई घfटा रहेको निगमले विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

निगमद्वारा जारी विज्ञप्ति :

सम्बन्धित खबरहरु