Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

जिरी अस्पताललाई दुई लाख २५ हजार रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग

न्युज कारोबार काठमाडौं जेठ २, २०७८       

जिरी अस्पताललाई दुई लाख २५ हजार रूपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग

जिरी फुटबल क्लबको पहलमा समाजसेवी दावा शेर्पाले जिरी अस्पतालका लागि करिब दुई लाख २५ हजार रूपैयाँको स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

जिरी नगरपालिका १ घर भएका शेर्पा अहिले अमेरिकामा बस्दै आएका छन् । उनले कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग हुने औषधि, माक्स, सेनिटाइजर, डिसपेनसार मेसिनलगायत स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

सहयोग सामाग्री नगरप्रमुख टंकबहादुर जिरेललाई हस्तान्तरण गरिएको जिरी फुटबल क्लबका वरिष्ठ उपाध्यक्ष अमृत कार्कीले बताए । हस्तान्तरण कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष पदेमान जिरेल, अस्पतालका स्वास्थ्यकर्मी, क्लबका पदाधिकारीलगायतको उपस्थिति थियो ।

वरिष्ठ उपाध्यक्ष कार्कीका अनुसार क्लबले लामो समयदेखि जिरीमा सामाजिक कामका लागि सबै निकायसँग सहकार्य गर्दै आएको छ । क्लबका पदाधिकारीहरू पनि सामाजिक काम तथा पीडितलाई राहत तथा उद्धारका लागि व्यक्तिगत रूपमा पनि सक्दो सहयोग गरिरहेका छन् ।

सम्बन्धित खबरहरु