Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

कर्णालीमा थप ४२७ जनामा कोरोना पुष्टि

न्युज कारोबार सुर्खेत जेठ २, २०७८       

कर्णालीमा थप ४२७ जनामा कोरोना पुष्टि

आइतबार थप ४२७ जनाका कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जम्मा ८४२ जनामा गरिएको परीक्षणमा ४२७ जनामा कोरोना भाइरस पुष्टि भएको हो । आरटी–पीसीआर विधिबाट ५७७ जनामा गरिएको परीक्षणमा ३३५ र रेपिड–एन्टिजेन विधिबाट २६५ जनामा गरिएको परीक्षणमा ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या ५ हजार ४९८ रहेको छ । प्रदेशभर हालसम्म १६ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । यस्तै थप ३४९ जनाले कोरोना जितेका छन् । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १० हजार २४८ रहेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण प्रदेशभर थप सात जनाले ज्यान गुमाएका छन् । दैलेख जिल्लाका एक, सल्यानका एक, सुर्खेतका चार र कालिकोटका एकजनाले ज्यान गुमाएका हुन् । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ । 

सम्बन्धित खबरहरु