गृहपृष्ठ कोभिड-१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोडको सहमति
कोभिड-१९ रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोडको सहमति
कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।
अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र नाै वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि एक अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ ।
कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेको हो ।
प्रकाशित समय : ००:२६ बजे