Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनू : स्वास्थ्य मन्त्रालय

न्युज कारोबार काठमाडौं जेठ २, २०७८       

बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउनू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणपछि उपचारका लागि भर्ना हुन आएका बिरामीका आफन्तलाई अक्सिजन खाेज्न नलगाउन अस्पतालहरुलाई आग्रह गरेको छ । आइतबारको प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन व्यवस्थापन गर्ने काम अस्पतालको भएकाे बताए ।

‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनि चिकित्सकहरुले बिरामीका आफन्तलाई अक्सिजन लिएर आउनुहोस् भनेर भन्ने गरिएको पनि सुन्नमा आएको छ,’ मन्त्रालयका प्रवक्ता डा गौतमले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुहोस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।’

पछिल्लो हप्तादेखि केही निजी अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामीका आफन्तलाई आफैं अक्सिजनको व्यवस्थापन गर्न लगाउने गरेका छन् ।

सम्बन्धित खबरहरु