Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

केएल दुगड समूहको सहयोगमा नेपालगञ्जमा सहुलियत खाना, प्रतिछाक ३० रुपैयाँ

न्युज कारोबार काठमाडौं जेठ २, २०७८       

केएल दुगड समूहको सहयोगमा नेपालगञ्जमा सहुलियत खाना, प्रतिछाक ३० रुपैयाँ

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तलाई २ महिनासम्म खान पुग्ने गरी केएल दुगड समूहले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानीय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई केएल दुगड समूहले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।

बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवीले सहुलियत मुल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका हुन् । प्रत्येक दिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम सञ्चालनमा ल्याइएको अशोक कोइरालाले बताए ।

‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल व्यवसायी डराइरहेको अवस्था र किनेरै खान्छुभन्दा पनि पानीसमेत नपाएको कारुणीक अवस्था देखेपछि हामीले अभियान चलायौं ।’ कोइरालाले भने । सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि व्यवस्था गरिएको छ । 

कार्यक्रममा २ महिनालाई आवश्यकपर्ने खाद्यान्न केएल दुगड समूहले सहयोग गरेको छ भने अन्य आवश्यक सामाग्री नेपालगञ्जस्थित अन्य उद्योगी व्यवसायीले सहयोग गरेका छन् ।
 

सम्बन्धित खबरहरु