nmb bank

गृहपृष्ठ स्वास्थ्य सामग्री लिन आज बेइजिङ जाँदै नेपाल एयरलाइन्सको जहाज 

स्वास्थ्य सामग्री लिन आज बेइजिङ जाँदै नेपाल एयरलाइन्सको जहाज 

स्वास्थ्य सामग्री लिन आज बेइजिङ जाँदै नेपाल एयरलाइन्सको जहाज 

चिनियाँ अनुदानका अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार फेरि बेइजिङ जाने भएको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार वाइडबडी जहाज शनिबार साँझ बेइजिङ उड्दैछ । 

चीनको अनुदान सहयोगमा कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्ट्रेटर र अन्य चिकित्सा सामग्री ल्याउन नेपाल एअरलाइन्सको विमान चीन जान लागेको हो । यसअघि गत वैशाख २७ गते पनि पहिलो खेप स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो । 

चार सय थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौं आइपुगेको थियो । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर अनुदानमा दिने घोषणा यसअघि नै गरिसकेको छ ।

 

The second batch of oxygen cylinders donated by China will be arriving in Kathmandu in the next few days! ✈️✈️ pic.twitter.com/0w3wi4arK9

— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 14, 2021

प्रकाशित समय : १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु