Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड (यसरी हेर्नुस् नतिजा)

न्युज कारोबार काठमाडौं वैशाख ३१, २०७८       

सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड (यसरी हेर्नुस् नतिजा)

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा १६ लाख ३७ हजार ६५९ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता सेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०.५२ गुणा बढी हो । कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले सेयर वितरण भएका छन् । त्यसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले सेयर पाएका छन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता सेयर पाएका छन् । बाँकी १४ लाख ३ हजार ४६४ आवेदकले भने पाएका छैनन् ।

यस्तै कम्पनीको आईपीओमा आवेदन परेका ४ हजार ४४२ आवेदनहरु पनि रद्ध भएकाे छ । कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । आइपीओको रिजल्ट हेर्नका लागि https://iporesult.cdsc.com.np/ गइ नतिजा हेर्न सकिने छ ।

सम्बन्धित खबरहरु