nmb bank

गृहपृष्ठ नाडा अटोमोबाइल्स एसोसिएशनद्वारा मेडिकेटेड सामग्री हस्तान्तरण

नाडा अटोमोबाइल्स एसोसिएशनद्वारा मेडिकेटेड सामग्री हस्तान्तरण

नाडा अटोमोबाइल्स एसोसिएशनद्वारा मेडिकेटेड सामग्री हस्तान्तरण

नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने मेडिकेटेड सामाग्री हस्तान्तरण गरेको छ । नेपाल एपीएफ अस्पताल अन्तर्गतको कोभिड-१९ युनिफाईड अस्पतालका प्रा.स प्र. उपनिरिक्षक डा. मिना कुवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

नाडाले स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५००० वटा समेतगरी कूल ५ थरिका मेडिकेटेड सामान हस्तान्तरण गरेका छन् । सामाग्री हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाकोतर्फबाट सक्दो थप सहयोग समेत गरिदै जाने बताए । सो कार्यक्रममा डा. मिना कुंवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पुर्‍याई दिएकोमा नाडालाई धन्यवाद दिदै सहयोगस्वरप प्राप्त यी मेडिकेटेड सामानहरु यस अस्पतालमा आएका विपन्न परिवारका सदस्यलाई वितरण गरिने समेत बताइन् ।

हस्तान्तरण कार्यक्रममा सो अस्पतालका तर्फबाट प्रा.स.प्र उपरिक्षक तथा प्रवक्ता डा.प्रविन नेपाल, नसिंङ मेट्रोन प्रा.स.प्र नायव उपरिक्षक लक्ष्मि अधिकारीसमेतको उपस्थिति रहेको थियो ।त्यसैगरी सो कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमिति सदस्य मिलनबाबु मल्ल तथा नाडाका लेखा प्रमुख विष्णुकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित समय : १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु