Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

मर्निङवाकमा जाँदा जंगली हात्तीको आक्रमणबाट ज्यान गयो

न्युज कारोबार काठमाडौं वैशाख ३०, २०७८       

मर्निङवाकमा जाँदा जंगली हात्तीको आक्रमणबाट ज्यान गयो फाइल तस्बिर

मर्निङवाकमा जाँदा जंगली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जंगली हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।  

उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो । जंगली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो । बिहान मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जंगलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

सम्बन्धित खबरहरु