गृहपृष्ठ इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई
इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड पराजित भएपछि सिटीले उपाधि जितेको हो ।
घरेलु मैदानमा भएको खेलमा लेष्टर सिटीसँग युनाईटेड २–१ ले पराजित भएको थियो । यससँगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ । यस्तै पछिल्लो चार वर्षमा सिटीले तेस्रो पटक लिग जितेको हो ।
सिटीले तीन खेल बाँकी रहदै उपाधि जितेको हो । सिटी दोस्रो स्थानको युनाईटेड भन्दा १० अंकले अघि रहेको छ । शीर्ष स्थानको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ ।
प्रकाशित समय : १४:५९ बजे