Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

पाँच मिनेटको अन्तरमा २ जना संक्रमितको मृत्यु

न्युज कारोबार काठमाडौं वैशाख २८, २०७८       

पाँच मिनेटको अन्तरमा २ जना संक्रमितको मृत्यु

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा पाँच मिनेटको अन्तरमा दुई जना संक्रमितको मृत्यु भएको छ । विराटनगर–१४ मोरङका ४८ वर्षीय पुरुष र कोशी गाउँपालिका–१ सुनसरीका ४३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दमबाट पीडित मोरङका पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरेर उपचार गर्दागर्दै राति ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मोरङका पुरुषको मृत्यु भएको पाँच मिनेट छि धरानका पुरुषको पनि मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । धरानका पुरुषमा यही वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खबरहरु