गृहपृष्ठ नेपाल बैंक लिमिटेड फेरि पनि ‘ए’ रेटिङमा
नेपाल बैंक लिमिटेड फेरि पनि ‘ए’ रेटिङमा
विश्वमै ख्यातिप्राप्त मुडिज्को लगानी सेवा उपलब्ध गराउने कम्पनी इक्रा नेपाल लिमिटेडद्वारा मुडिज्को स्टाण्डर्डबमोजिम नेपाल बैक लिमिटेडलाई 'ए'अर्थात ICRA NP-IR 'A' स्तरको रेटिङ कायम गरिएको छ ।
बैंकद्वारा कोभिड-१९ को प्रभावद्वारा सिर्जित प्रतिकुल परिस्थितिमा समेत कर्जा तथा अन्य सम्पत्तिको गुणस्तर कायम राख्न सफल छ । वित्तिय दबाबलाई व्यवस्थापन गर्न कर्जा जोखिम, व्यवसायिक तथा वित्तीय जोखिमको विष्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिता छ । बैंकको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाहय वातावारणीय तत्वहरुको विश्लेषण, बजार हिस्सा, ब्राण्ड तथा इमेज, स्वस्थ मुनाफाको आधार, नीतिगत तथा कानुनी प्रभावको मूल्यांकन, पूँजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग, सुशासन कायम गर्नको लागि गरिएका प्रयास, नीति तथा स्थापना गरेका पूर्वाधारहरु, जोखिम बहन गर्न सक्ने क्षमता, पर्याप्त तरलता तथा पूँजीकोष, आम्दानीका श्रोतहरु तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एवं समग्र इण्डष्ट्रीको जोखिम आदि तथ्यको आधारमा नेपाल बैंक लिमिटेड 'ए' रेटिङमा पर्न सफल भएको हो ।
रेटिङ एजेन्सीद्वारा यस स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तिय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने, बैंकको CASA को हिस्सा ६३ प्रतिशत रहेको जुन नेपालको बैकिङ क्षेत्रको औषतभन्दा उच्च रहेको, पर्याप्त पूँजीकोष अनुपात रहेको, कर्जा तथा निक्षेपको Concentration जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जस्ता आधारहरु प्रमाणित हुने हुँदा बैंकप्रतिको विश्वसनीयता बढ्नुका साथै बैंकको व्यावसाय वृद्धि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्ष गर्न सकिन्छ ।
त्यसैगरी हाल बैंकद्वारा जारी गरिएको साढे तीन अर्ब बराबरको १० वर्ष समयावधि तथा ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्रको समेत ईक्राद्वारा 'ए' रेटिङ अर्थात ICRANPLA रेटिङ गरेको छ । यस प्रकारको रेटिङले जारी गरिएको ऋणपत्रको तिर्नुपर्ने साँवा तथा व्याज समयमै भुक्तानी गर्न सक्ने बैंकको क्षमतालाई प्रमाणित गर्दछ । देशकै प्रथम यस बैंकले हालको विषम परिस्थितिमासमेत पूर्ण सुरक्षा सर्तकता अपनाउँदै आफ्ना सबै शाखामार्फत सीमित कर्मचारीलाई संलग्न गराई सीमित बैंकिङ सेवा सञ्चालन गरिरहेकाे छ ।
प्रकाशित समय : २२:११ बजे