Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

सेन्ट्रल फाइनान्सको १५औं शाखा इटहरीमा विस्तार

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

सेन्ट्रल फाइनान्सको १५औं शाखा इटहरीमा विस्तार

सेन्ट्रल फाइनान्स लिमिटेडले प्रदेश १ को सुनसरीको इटहरीमा नयां शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसँगै इटहरी र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ सेवामा सहज पहुंच पुग्नेछ ।

२०५४ साल बैशाखदेखि सञ्चालनमा रहेको यस वित्तीय संस्थाको २०७७ चैत्र मसान्तसम्ममा चुक्ता पुंजी ८८ करोड १० लाख, निक्षेप ५ अर्ब २६ करोड ६१ लाख र कर्जा लगानी ३ अर्ब ८७ करोड ८३ लाख रहेको छ । ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको काठमाण्डौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान, सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा, धनुषाको जनकपुर गरी १२ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप प्रदेश १ कै झापाको बिर्तामोडमा थप शाखा खोल्ने तयारी रहेको छ ।

संस्थाले ATM, SMS Banking, ECC, IPS/ Connect IPS, विभिन्न विपेप्रशन Remittances तथा CASBA जस्ता आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको तथा छिट्टै मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न लागेको छ । साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बिमा गरिएको छ । संस्थाले ललितपुरको कुपण्डोलमा निर्माण गरेको आफ्नै नयां कर्पोरेट भवनबाट छिट्टै नै वित्तीय कारोबार प्रारम्भ गर्न लागेको छ ।


 

सम्बन्धित खबरहरु