Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

ओलीको विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णय

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

ओलीको विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णय

प्रधानमन्त्री ओलीले संसद्‍मा प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले निर्णय गरेको छ । भर्खरै सम्पन्न बैठकले प्रस्तावको विपक्षमा मतदान निर्ण गरेको माओवादी केन्द्रका सांसद देवेन्द्र पाैडेलले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त नगरेसँगै अविश्वास प्रस्तावका लागि अन्य दलसँग छलफल गर्ने निर्णय पनि बैठकले निर्णय गरेको छ । सांसद पौडेलका अनुसार अविश्वासको प्रस्तावका लागि कांग्रेस, जनता समाजवादी र कतिपय एमालेका नेताहरुसँग छलफल हुने माओवादीले निर्णय गरेकाे छ । 'अविश्वासको प्रस्तावका लागि माओवादी केन्द्र तयार छ । सदनमा प्रधानमन्त्रीकाे उपस्थितको आधारमा थप कदम तय हुन्छ,' उनले भने ।

सम्बन्धित खबरहरु