Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँसहित पक्राउ

न्युज कारोबार काठमाडाैँ वैशाख २७, २०७८       

स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँसहित पक्राउ

बर्दियाकाे राजापुर नगरपालिका- ४, सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँसहित कैलाली टिकापुर नगरपालिका-१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाइल र थान सिमकार्डसमेत प्रहरीले बरामद गरेको छ । 

कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सम्बन्धित खबरहरु