Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

नेपाल-खनाल समूहका सांसदले राजीनामा नदिने, संसदमा पनि नजाने

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

नेपाल-खनाल समूहका सांसदले राजीनामा नदिने, संसदमा पनि नजाने

नेकपा एमाले माधव-झलनाथ समूहको बैठकले राजीनामा नदिने निर्णय गरेको छ । राजीनामाको सट्टा सांसदहरु बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सुरु भएको बैठकमा संघीय संसदमा सोमबार हुने विश्वासको मत र पार्टी एकताको लागि दिएको समय सीमाको विषयमा छलफल भएको थियो ।

बिहान साढे नौ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको बैठकमा माधव-झलनाथ निकट सांसदहरू संसदमा उपस्थित नहुने भएका हुन् । माधव-झलनाथ समूहले आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समय सीमा दिएका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ ।

सम्बन्धित खबरहरु