Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

एसईई र कक्षा १२ को परीक्षा स्थगित

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

एसईई र कक्षा १२ को परीक्षा स्थगित

कोरोना भाइरस (कोभिड- १९) महामारीका कारण यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले संक्रमण न्युनीकरणका लागि लागू गरिएको निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएकाे छ । बोर्डका अनुसार आजकै बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ ? भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ । एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि सुरु गर्ने मिति तय भएको थियो ।

सम्बन्धित खबरहरु