Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

एस्टल भिल्लामाथि म्यानचेष्टर युनाइटेडको पुनरागमन जित

न्युज कारोबार काठमाडौं वैशाख २७, २०७८       

एस्टल भिल्लामाथि म्यानचेष्टर युनाइटेडको पुनरागमन जित

प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेडले आइतबार एस्टल भिल्लामाथि पुनरागमन जित हासिल गरेको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीले उपाधिका लागि थप कुर्नुपर्ने भएको छ । युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै १० खेलाडीमा समेटिएको एस्टन भिल्लालाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिनसन कभानीले गोल गरे । खेलको २४औं मिनेटमै बट्रन्ड ट्राओरेले गोल गर्दै घरेलु टोली एस्टनभिल्लालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उक्त अग्रता कायम रहेपनि दोस्रो हाफमा युनाइटेडले पुनरागमन गर्योल ।

सम्बन्धित खबरहरु