Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

आइतबार ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको निधन

न्युज कारोबार काठमाडौं वैशाख २६, २०७८       

आइतबार ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको निधन

पछिल्लो २४ घण्टामा १८ हजार ७८७ पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ५०६ एन्टिजेन परीक्षणमा ७३ जना जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आइतबार देशभर ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको र सरकारी तथ्यांकमा समावेश नभएका मृत्यु हुनेको संख्या भने २६ जना रहेका छन् । योसमेत गणना गर्दा आइतबार मृतक संख्या ८८ रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले बताए ।

सम्बन्धित खबरहरु