Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

अलपत्र परेका पर्यटकको उद्धारमा सहजीकरण गरिदिनू : गृह मन्त्रालय

न्युज कारोबार काठमाडौं वैशाख २२, २०७८       

अलपत्र परेका पर्यटकको उद्धारमा सहजीकरण गरिदिनू : गृह मन्त्रालय

गृह मन्त्रालयले नेपाल घुम्न आएका पर्यटकहरु बीच बाटोमै अलपत्र परेको घटना सार्वजनिक भएपछि सहजीकरण गरिदिन परिपत्र गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणसँग देशका विभिन्न स्थानमा लगाइएको लकडाउनमा अलपत्र परेका विदेशी नागरिकको उद्दार गर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

उनीहरुलाई काठमाडौं फर्काउने व्यवस्था मिलाउन गृहले परिपत्र गरेको छ । गृहले उनीहरुसँग भएका पासपोर्ट, भिषा र सम्बन्धित देश फर्कनका लागि टिकट भए होटलमा क्वारेन्टिनको व्यवस्था गर्न पनि निर्देशन गरेको छ ।

सम्बन्धित खबरहरु