Nepalese Flag २०७८ साउन १२ गते मंगलबार   |   July 27, 2021

फेदापे भाकामा पालाम 'कठैबरी' (भिडियोसहित)

न्युज कारोबार काठमाडौं वैशाख २२, २०७८       

फेदापे भाकामा पालाम 'कठैबरी' (भिडियोसहित)

डीबी जबेगु र नन्दमाया थक्लुङको स्वरमा 'कठैबरी' बोलकाे पालामकाे भिडियाे सार्वजनिक भएकाे छ । भिडियाे बिष्णु मोक्तानले निर्देशन गरेका हुन् । पालाममा नन्दमाया थक्लुङकाे रचना र शब्द चयन डीबी जबेगुकाे रहेकाे छ । भिडियाेकाे छायाँकन संखुवासभा, तेह्रथुम र ताप्लेजुङकाे संगमस्थल तथा 'गुराँसकाे राजधानी' तीनजुरे-मिल्के-जलजले क्षेत्रमा गरिएकाे हाे । ताप्लेजुङकाे साँघु र संखुवासभाकाे नुनढाकीका साेल्टी-साेल्टिनीहरू बाटाेमा जम्काभेट भएपछि गरिएका कुराकानी र धान नाचलाई भिडियाेमा समेटिएकाे छ ।

भिडियोमा डीबी जबेगु, मदन वनेम, बिनु तुम्बाहाङ्फे, नन्दमाया थक्लुङ, टार कान्छा जबेगु, चन्द्र हुक्पाचोङबाङ, बिष्णुकुमारी आङबुहाङ, तिर्थ मादेम्बा,सानू थक्लुङ, प्रदिप नेयोङ, धनकुमारी पाङमा, मिना मादेम्मा, राजेश इवाहाङ, पूर्णकुमारी पाङमा, निस्चल राई लगायतका कलाकारकाे अभिनय रहेकाे छ । फेदापे भाकामा रहेको पालामलाई लिम्बु समुदायमा निक्कै चर्चित र पुरानो लाेक संस्कृति मानिन्छ । पछिल्लो समय पालाम तथा पालाम गाउँदै नाचिने माैलिक संस्कृति धान नाचलाई रचनात्मक र ऐतिहासिकता झल्काउने गरी रुपान्तरण गरिदै लगिएको छ ।

सम्बन्धित खबरहरु