Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

कर विवरण तथा कर दाखिला गर्ने म्याद थपको माग

न्युज कारोबार काठमाडौं वैशाख २१, २०७८       

कर विवरण तथा कर दाखिला गर्ने म्याद थपको माग

नेपाल चेम्बर अफ कर्मसले कर विवरण तथा कर दाखिला गर्ने म्याद थपको लागि नेपाल सरकारसमक्ष माग गरेको छ । निषेधाज्ञाका कारण उद्योग, व्यवसाय तथा कार्यालय बन्द हुँदा व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नरहेको चेम्बरले जनाएको छ ।

सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि सरकारसँग चेम्बरले अनुरोध गरेकाे हाे । 

विश्वभरी फैलिएको नयाँ भेरियन्टको कोभिड-१९ महामारी पछिल्लो दिनमा काठमाडौं उपत्यकालगायत अन्य जिल्लामा समेत संक्रमण तीव्र रुपमा बढिरहेको छ । उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित खबरहरु