Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

एनआईसी एशिया बैंकद्वारा चमत्कारिक बचत सिरिजअन्तर्गत २० लाख बिमा रकम भुक्तानी

न्युज कारोबार काठमाडौं वैशाख २१, २०७८       

एनआईसी एशिया बैंकद्वारा चमत्कारिक बचत सिरिजअन्तर्गत २० लाख बिमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले बचतसँगै बिमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिजअन्तर्गत उपलब्ध २० लाख बिमा रकम जनही १० लाखका दरले दुईजना ग्राहकलाई भुक्तानी गरेको छ । सियारी गाउँपालिकाको हर्नैया स्वास्थ्य चौकीमा कार्यरत बुटवल निवासी ४४ वर्षीया निशा श्रेष्ठ आले कक्षपतिलाई उक्त रकम भुक्तानी गरिएकाे हाे ।

उनले एनआईसी बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेको थिए । सो खातामा रहेको खातावाल तथा निजको परिवारका सदस्यहरुलाई समेत उपलब्ध बिमा सुविधाअनुरुप उनीसँगै पति जवीनप्रसाद कक्षपतिले पनि रकम प्राप्त गरेका हुन् । साथै, सोही जिल्लाको रुद्रपुर शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका कञ्चन गाउँपालिका- ३ निवासी ४७ वर्षीया बिन बहादुर वर्मालाई रकम भुक्तानी गरिएको छ । उनलाइ घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो । उक्त बिमा रकम बैंकले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बिमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चवापत १ लाख (अस्पताल भर्नामा ८० हजार र बहिरंग उपचारमा २० हजार)सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउन सक्नेछन् ।

बैंकको बिमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४४५ जनाभन्दा बढी ग्राहकले बिमा बापतको २ करोड ९० लाखभन्दा बढी रकम प्राप्त गरिसकेका छन् । यस किसिमका बिमा सहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन मिलेको बैंकले विश्वास लिएको छ ।

सम्बन्धित खबरहरु