Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

मेगा बैंकबाट किस्ताबन्दीमा ग्रिन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा

न्युज कारोबार काठमाडौं वैशाख २१, २०७८       

मेगा बैंकबाट किस्ताबन्दीमा ग्रिन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौताअनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो । ग्राहकले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शत प्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ । 

आई बोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आई बोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैयाँसम्मका म्याट्रेस उत्पादन गरिरहेको छ । ग्राहकलाई ६ महिना तथा एक वर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ । 

सम्बन्धित खबरहरु