Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार, दैनिक ५७७ रुपैयाँ

न्युज कारोबार काठमाडौं वैशाख २०, २०७८       

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार, दैनिक ५७७ रुपैयाँ

सरकारले साउन १ गतेदेखि लागू हुनेगरी श्रमिककाे मासिक पारिश्रमिक १५ हजार रुपैयाँ ताेकेकाे छ । याे नयाँ पारिश्रमिक चिया बगानमा काम गर्ने बाहेकका श्रमिकका लागि लागू हुने श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार ९ हजार ३ सय ८५ आधारभुत पारिश्रमिक र ५ हजार ६ सय १५ रुपैयाँ महँगी भत्ता छुट्याइएको हाे । यसकाे आधारमा एक दिनको तलब ५ सय ७७ र एक घण्टाको तलब ७७ रुपैयाँ हुने भएकाे छ ।दैनिक तलबमा ३ सय ६१ रुपैयाँ आधारभुत पारिश्रमिक र २ सय १६ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ । एक घण्टाको तलबमा ४८ रुपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता हुन आउँछ ।

यसअघि अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरको मासिक तलब १५ हजार रुपैयाँ पुर्‍याइने घोषणा गरेका थिए । मन्त्रालयले नयाँ न्युनतम पारिश्रमिकबारे सोमबार राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

राजपत्रमा प्रकाशित सूचना :

सम्बन्धित खबरहरु