Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड

न्युज कारोबार काठमाडौं वैशाख २०, २०७८       

नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड

पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा ७ हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी एकैदिन ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो ।

काठमाडौं उपत्यकामा भक्तपुरमा २२२, ललितपुरमा ५२२ र काठमाडौंमा २९२२ जना गरी ३६६६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितमात्र ५४ हजार ४१ छन् ।

गत २४ घण्टामा २ हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ ।

सम्बन्धित खबरहरु