Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख फेरिए

न्युज कारोबार काठमाडौं वैशाख २०, २०७८       

गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुख फेरिए मन्त्रिपरिषद बैठक (फाइल तस्बिर) ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । सरकारको सिफारिसमा सोमबार साँझ राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरेकी हुन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

यसअघि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । शेरचन र त्रिपाठीलाई पदमुक्त गरेसँगै सरकारको सिफारिसमा सोमबारै राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी छन् ।

नवनियुक्त प्रदेश प्रमुखको सपथग्रहण शीलतनिवासमा आजै हुने कार्यक्रम छ । 

सम्बन्धित खबरहरु