Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

एनआईसी एशिया बैंकका ग्राहकले यी अनलाईनबाट किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ता पाउने

न्युज कारोबार काठमाडौं वैशाख २०, २०७८       

एनआईसी एशिया बैंकका ग्राहकले यी अनलाईनबाट किनमेल गर्दा १५ प्रतिशत नगद फिर्ता पाउने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर विभिन्न अनलाईनमार्फत वैशाख ३१ गतेसम्म अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रूपैयाँ सम्म नगद फिर्ता (क्यास ब्याक) को योजना सार्वजनिक गरेको छ । बैंकले Sastodeal, Gyapu, Reecharger, Infi Store र Khanpin बाट दैनिक अत्यावश्यक सामग्री खरिद गर्दा नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको हो ।

नेपालमा कोरोना भाइरसले सिर्जित असहज परिस्थितिका बेला ग्राहकलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त ई-कमर्श कम्पनीबाट सामग्री खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो । यसका लागि ग्राहकले बैंकको कार्डमार्फत ई-कमर्श तथा POS भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताले क्युआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।

साथै, आफ्नो कार्डमा ई-कमर्श भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको iserve मार्फत सहज रुपमा आफ्नो कार्डमा ई-कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।

सम्बन्धित खबरहरु