Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

१२ वर्ष कैद सजाय भएका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

न्युज कारोबार संखुवासभा वैशाख १९, २०७८       

१२ वर्ष कैद सजाय भएका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सो कसुरमा अदालतबाट दोषी ठहर भएका संखुवासभा साविक खराङ गाविस वडा नं. २ हाल चैनपुर नगरपालिका १० स्थायी घर भएका लेकबहादुर अधिकारीलाई घटनाको १० वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

४३ वर्षीय अधिकारीलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले सुनसरीको खनारबाट पक्राउ गरी वैशाख १७ गते चैनपुर ल्याएको ईलाका प्रहरी कार्यालय चैनपुरका कार्यालय इन्स्पेक्टर योगराज खतिवडाले जानकारी दिए । इन्स्पेक्टर खतिवडाका अनुसार जिल्ला अदालत संखुवासभाले १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा २०७२ साल माघ १८ गते अधिकारीलाई १२ वर्ष कैद सजाय तोकेको थियो । अधिकारीले २०६८ साल माघ १२ गते १३ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

१० वर्षदेखि फरार रहँदै आएका अधिकारीलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार १७ गते पक्राउ परेका प्रतिवादी अधिकारीलाई ईलाका प्रहरी कार्यालय चैनपुरले वैशाख १९ गते संखुवासभा जिल्ला अदालतमा पेशगरेपश्चात सम्मानित जिल्ला अदालतले निजलाई कारागार चलान गरेको छ ।

सम्बन्धित खबरहरु