Nepalese Flag २०७८ जेठ ३० गते आइतबार   |   June 13, 2021

संक्रमितको संख्या हालसम्मकै उच्च, ७१३७ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

न्युज कारोबार काठमाडौं वैशाख १९, २०७८       

संक्रमितको संख्या हालसम्मकै उच्च, ७१३७ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु

देशको विभिन्न स्वास्थ्य संस्थामा पछिल्लाे २४ घण्टाभित्र गरिएको १६ हजार १४७ पीसीआर परीक्षणबाट ७ हजार १३७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ६२३ एन्टिजेन परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संक्रमणदर हो ।

संक्रमित हुनेहरूमा महिला २ हजार ८६४ र पुरूष ४ हजार २७३ रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हाल देशभर ४८ हजार ७११ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६७ जना क्वारेन्टिनमा र आइसोलेसनमा ४८ हजार ७ सय ११ छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर परीक्षण २५ लाख ४४ हजार ७६ पुगेको छ ।

यससँगै देशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । आज कोरोनाबाट थप २७ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३२५ पुगेको छ । आइतबार १ हजार ६१२ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ ।

सम्बन्धित खबरहरु