Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त

न्युज कारोबार काठमाडौं वैशाख १९, २०७८       

लुम्बिनीको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त

नेकपा (एमाले)का नेता शंकर पोखरेल पुन: लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । पोखरेलले आइतबार नै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यसपछि बसेको एमाले संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरेको थियो । साेहीअनुसार पोखरेलले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जिवी पाैडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको शपथको समय भने तय भएको छैन । यसअघि मुख्यमन्त्री शंकर पोखरेललाई सपथ नगराउन ४० सांसदको माग गरेका थिए ।

प्रदेश प्रमुखकाे कार्यालयद्वारा जारी प्रेस विज्ञप्ति :

सम्बन्धित खबरहरु