Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

न्युज कारोबार काठमाडौं वैशाख १९, २०७८       

लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनःशंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको एमाले स्रोतले जनाएको छ ।

पोखरेलले आजै दिएको राजीनामा स्वीकृत भइसकेको छ । ८१ सदस्यीय प्रदेशसभामा एमालेसँग ४१ सांसद छन् । एमाले बाहेक विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव माथि आजबाट छलफल गर्ने कार्यसूची तय भएको थियो । तर, त्यसअघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिइसकेका छन् ।

लुम्बिनीमा नेकपा माओवादी केन्द्रले दुई र जनता समाजवादी पार्टी (जसपा) ले चार सांसद निस्कासित गरेको फाइदा मुख्यमन्त्री पोखरेलले उठाउने भएका छन् । 

सम्बन्धित खबरहरु