Nepalese Flag २०७८ वैशाख २७ गते सोमबार   |   May 10, 2021

चितवनमा बँदेलको आक्रमणबाट एकको मृत्यु

न्युज कारोबार चितवन वैशाख १८, २०७८       

चितवनमा बँदेलको आक्रमणबाट एकको मृत्यु

जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।

त्यस्तै माडी नगरपालिका–५ राधापुरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरेश दराईको एक वर्षीय छोरा सुसन दराई रहेका छन् । इलाका प्रहरी कार्यालय माडीका अनुसार आफ्नै घर सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको हो ।

त्रिशूलीमा बेपत्ता

त्रिशुलीमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । भरतपुर  महानगरपलिका–१ ठिमुरास्थित त्रिशूली नदीमा डुबेर सिन्धुली गोलन्जोर गाउँपालिका–४ घर भई रामनगरको पूजा होटलमा काम गर्ने १७ वर्षीय सन्तोषकुमार सुनारी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार त्रिशूलीमा पौडी खेल्ने क्रममा डुबेर उनी बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)

सम्बन्धित खबरहरु