Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

कोरोनाबाट कैलालीमा थप दुईको मृत्यु

न्युज कारोबार काठमाडौं वैशाख १८, २०७८       

कोरोनाबाट कैलालीमा थप दुईको मृत्यु फाइल तस्बिर

कैलालीमा थप दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका- ३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका- ५ की ५० वर्षीया कोरोना संक्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

सम्बन्धित खबरहरु