Nepalese Flag २०७८ जेठ २ गते आइतबार   |   May 16, 2021

कर्णालीमा थप २५१ जनामा संक्रमण, ८ जनाको मृत्यु 

न्युज कारोबार काठमाडौं वैशाख १७, २०७८       

कर्णालीमा थप २५१ जनामा संक्रमण, ८ जनाको मृत्यु 

कर्णाली प्रदेशमा २४ घण्टामा ८ जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु भएको छ । बिहीबार र शुक्रबार गरी ८ जनाको मृत्यु भएको हो । बिहीबार मृत्यु हुनेहरुमा पञ्चपुरी ५ सुर्खेतका ६० वर्षीय पुरुष, वीरेन्द्रनगर ८ सुर्खेतका ६३ वर्षीय पुरुष, लेकवेशी १ सुर्खेतका ४५ वर्षीय पुरुष र सल्यानका ५२ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै शुक्रबार वीरेन्द्रनगर ११ का ५१ वर्षीय पुरुष, वीरेन्द्रनगर १२ का ४० वर्षीय पुरुष, मुसिकोट नगरपालिका ४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका ६ दैलेखकी २७ वर्षीय महिलाको मृत्यु भएको हो । जसमध्ये पाँच जना प्रदेश अस्पताल सुर्खेतमा र अन्य सम्बन्धित जिल्लामा मृत्यु भएको हो । उनीहरुको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । यो संगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ । 

शुक्रबार कर्णाली प्रदेशमा २५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । जम्मा ६१० जनामा गरिएको परीक्षणमा २५१ जनामा कोरोना भाइरस पुष्टि भएको हो । आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा १०८ र रेपिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४३ जनामा कोरोना भाइरस पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार ३९३ पुगेको छ । प्रदेशभर एक हजार ३९३ जना सक्रिय संक्रमित भए पनि जम्मा २४४ जना मात्रै अस्पतालमा रहेका छन् । बाँकी एक हजार १४९ जना होम आइसोलेसनमा रहेका छन् । तर उनीहरुको निगरानी गर्ने कुनै संयन्त्र छैन । 

सम्बन्धित खबरहरु