Nepalese Flag २०७८ जेठ ३ गते सोमबार   |   May 17, 2021

नेपालगञ्जको भेरी अस्पतालमा थपिए २२७ संक्रमित, तीन जनाको मृत्यु

न्युज कारोबार बाँके वैशाख १७, २०७८       

नेपालगञ्जको भेरी अस्पतालमा थपिए २२७ संक्रमित, तीन जनाको मृत्यु

भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ संक्रमित छन् ।

संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन् ।

बिहीबार बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये १२ जनाको मृत्यु भएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बाँकेका नौ, कैलालीका दुई र बर्दियाका एक जनाको मृत्यु भएको हो ।

सम्बन्धित खबरहरु